झापा – झापाको प्रसिद्ध धार्मिक स्थल शिवसतासी धाममा साउन महिनाको तेस्रो सोमबार विशेष चहलपहल देखिएको छ। विहानैदेखि नै विभिन्न स्थानबाट आएका भक्तजनको घुइँचोले सम्पूर्ण धाम परिसर भरिभराउ भएको थियो।
साउन महिनामा विशेषगरी सोमबारको दिन भगवान शिवको आराधना गर्ने परम्परा अनुसार भक्तजनहरू शिवसतासी धाममा पूजापाठका लागि पुगेका थिए। बालक र वृद्धवृद्धासमेत लामो लाइनमा बसेर शिवलिङ्गमा जल चढाउँदै प्रार्थना गरिरहेका थिए।
धाम परिसरमा स्थानीय स्वयंसेवक र सुरक्षाकर्मीहरूले भक्तजनलाई सहज रूपमा दर्शन गराउन व्यवस्था मिलाएका थिए। धाम वरपर मेला झैँ माहोल देखिन्थ्यो, जहाँ धार्मिक सामग्रीका स्टल र प्रसादको पसलहरू पनि सजिएका थिए।
स्थानीय धार्मिक अगुवाहरूका अनुसार साउनको सोमबारमा यहाँ दैनिक हजारौँको संख्यामा दर्शनार्थी आउने गरेका छन्, र तेस्रो सोमबारमा त यो भीड झनै बाक्लो देखिन्छ। भक्तजनहरूले यहाँ पूजा आराधना गरेर आफ्नो मनोकामना पूरा होस् भन्ने विश्वास राख्छन्।

झापा – झापाको प्रसिद्ध धार्मिक स्थल शिवसतासी धाममा साउन महिनाको तेस्रो सोमबार विशेष चहलपहल देखिएको छ। विहानैदेखि नै विभिन्न स्थानबाट आएका भक्तजनको घुइँचोले सम्पूर्ण धाम परिसर भरिभराउ भएको थियो।

प्रतिक्रिया