ब्राउन सुगर बरामद गर्न झापा प्रहरीले भद्रपुरमा चलायो गोली

बिर्तामोड-लागुऔषध कारोबारविरुद्धको कारबाहीलाई तीव्र पार्दै प्रहरीले झापामा एक कारोबारीलाई गोली हानी पक्राउ गरेको छ । काठमाडौँस्थित लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय, झापाको संयुक्त टोलीले शनिबार दिउँसो भद्रपुरमा यो कारबाही गरेको हो । गोप्य सूचनाका आधारमा कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा भारतीय नागरिक मोहम्मद इस्लामले भाग्ने प्रयास गरेका थिए । प्रहरी टोलीले उनलाई रोक्न दुई…