बिर्तामोड, वरिष्ठ साहित्यकार दिलबहादुर थापाको विभिन्न १० वटा कृतिहरुमाथि एउटै मंचमा परिचर्चा गरिएको छ ।
दिलबहादुर थापा परिवारको आयोजना तथा झापाली साहित्य समाजको संयोजनमा महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्ताबजारको सभाहलमा भएको कार्यक्रममा थापाले प्रकाशित गरेका कृतिहरुमाथि परिचर्चा गरिएको हो ।
बिर्तामोड ३ निवासी थापाले प्रकाशित गरेका कृतिहरुमा गीत , मोबाइल, मानवेत्तर(पशुपंक्षी ), सन्तान सुधार्ने सुत्रहरु , जिज्ञाशा , जीवन जिउने जुक्ति , अचम्मको मान्छे , अन्जानहरु , सन्तानप्रतिको दायित्व , असल अभिभावकत्व रहेका छन् । ती कृतिहरुमाथि प्रा. डा. अन्जना भट्टराई,डा. छायाँदत्त न्यौपाने,डा. व्यञ्जना शर्मा,वरिष्ठ गायक डा. टीका भण्डारी,गोमेन्द्र कलेजका संस्थापक प्रिन्सिपल डा. रूपक खनाल,डा. ठाकुरप्रसाद सिग्देल, डा. गंगा अधिकारीलगायतले परिचर्चा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण सिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई रहेका थिए ।












प्रतिक्रिया