अन्तर्राष्ट्रिय

बिर्तामोड ७ वडा कार्यालय परिसरमा रोपिए १०० फलफुलका बिरुवा


१३ श्रावण २०८२, सोमबार, ,


बिर्तामोड-झापाको बिर्तामोड-७ स्थित वडा कार्यालय परिसरमा शनिबार बिहान १०० वटा फलफुलका बिरुवा रोपिएका छन् ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोडट्र्याक क्लब अफ बिर्तामोड मिडटाउन र इन्टर्याक्ट क्लब अफ ग्रेसल्याण्डद्वारा संयुक्त रूपमा बिरुवा रोपिएको हो ।

वडा अध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जललि सिन्हा सचिव रोशन बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १३ श्रावण २०८२, सोमबार, ,