झापा – बैदेशिक रोजगारीको बहाना बनाएर भारत पुर्याइएका सात जना नेपाली किशोरीलाई सीमावर्ती पानीटंकी नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्याउने दुई जना पुरुषलाई समेत मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो । उहाँका अनुसार शुक्रवार भारतीय प्रहरीले उद्धार गरेको थियो ।…