अन्तर्राष्ट्रिय

दमकमा हात्तीको आक्रमणबाट दुई महिला घाइते


१३ श्रावण २०८२, सोमबार, ,


दमक- झापाको दमकमा हात्तीको आक्रमणबाट दुई जना महिला घाइते भएका छन् । आइतबार बिहान मर्निङ वाकमा निस्किएका दुई महिलालाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीको आक्रमणबाट दमक-१ की सुनिता राई र कविता राई घाइते भएका छन् । दमकको बरगाछी भित्री सडक खण्डमा उनीहरुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित : १३ श्रावण २०८२, सोमबार, ,