
काठमाडौं : अब नेपालमा पनि उड्ने कार भित्रिएको छ । पहिलो पटक नेपाली बजारमा विद्युतीय उडान सवारीसाधनले इतिहास रच्ने भएको छ । नाडा अटो सो २०२५ मा प्रदर्शन गर्ने उद्देश्यले उड्ने कार नेपाल ल्याइएको हो ।
भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने उक्त शोमा उड्ने कार राखिने भइएको छ । भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन गर्न पाउने छन् । शोमा जान इच्छुकले खल्ती एपमार्फत टिकटको अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।












प्रतिक्रिया