समाचार

कन्काई आर्यघाटमा शव जलाउन २ करोडको मेसिन आयो


२४ श्रावण २०८२, शुक्रबार, ,


झापा, कन्काई — प्रदेश सरकारको २ करोड रुपैयाँको आर्थिक सहयोगमा कन्काई नगरपालिकाले कन्काईमाई आर्यघाट परिसरमा आधुनिक विद्युतीय शव गृह निर्माण सम्पन्न गरेको छ।

कन्काई नगरपालिकाको पहलमा बनेको यो भवनमा अत्याधुनिक विद्युतीय दाहसंस्कार प्रविधि जडान गरिएको छ। नगरपालिकाका अनुसार यो प्रणालीमार्फत शव दाहसंस्कार गर्न करिब ३५ मिनेट समय लाग्नेछ, जसले परम्परागत दाहसंस्कारको तुलनामा समय, काठपात र खर्च दुबै बचत हुनेछ।

विद्युतीय शव गृह सञ्चालनमा आएपछि वातावरण प्रदूषण कम गर्ने, वर्षा याममा सजिलै दाहसंस्कार गर्न सक्ने तथा आर्यघाटमा हुने भीड व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

नगरपालिकाका जनप्रतिनिधिहरूले यो परियोजना झापा बासीका लागी एक महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। सव गृह निर्माण समितिका अध्यक्ष गोपाल खरेल का अनुसार बिजुलि खर्च बापत ३ हजार देखी ४ हजार सम्म शुल्क लाग्ने बताउदै बेवारिस लास खोज्दै यो साता उदघाटन हुनेछ ।

प्रकाशित : २४ श्रावण २०८२, शुक्रबार, ,