१३ श्रावण २०८२, सोमबार, ,
बिर्तामोड-लागुऔषध कारोबारविरुद्धको कारबाहीलाई तीव्र पार्दै प्रहरीले झापामा एक कारोबारीलाई गोली हानी पक्राउ गरेको छ ।
काठमाडौँस्थित लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय, झापाको संयुक्त टोलीले शनिबार दिउँसो भद्रपुरमा यो कारबाही गरेको हो ।
गोप्य सूचनाका आधारमा कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा भारतीय नागरिक मोहम्मद इस्लामले भाग्ने प्रयास गरेका थिए । प्रहरी टोलीले उनलाई रोक्न दुई राउन्ड गोली चलाउँदा एउटा गोली उनको खुट्टामा लागेको थियो ।
उनको साथबाट १२० ग्राम अवैध लागु औषध खैरो हिरोइन बरामद भएको छ । घाइते मोहम्मदको प्रादेशिक अस्पताल, भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
काठमाडौँ प्रतिनिधि: सन्दिप भण्डारी
व्यवस्थापन प्रमुख: रन्जु प्याकुरेल
सञ्चालक: विजयराज बराल
प्रधान सम्पादक तथा प्रकाशक: बिन्जु बराल
प्रेस काउन्सिल नेपाल दर्ता नम्वर
सूचना तथा प्रशारण विभाग दर्ता नम्वर
कम्पनी दर्ता नं २६१२२२ \०७७\ ०७८
स्थायी लेखा नं ६०९९९०२८९
बिर्तामोड ३ , झापा
९८१५९६२१११, ९८५२६७७५४२
binjumedia@gmail.com
