समाचार

झापाको निजि बन राष्ट्रको उत्कृष्ट बन्न सफल


२७ श्रावण २०८२, सोमबार, ,


काठमाडौं– वन तथा वातावरण मन्त्रालयअन्तगर्तको वन तथा भूसंरक्षण विभागले राष्ट्रिय पुरस्कारबाट निजी वन अन्तर्गतजडिबुटी एग्रो नर्सरी फार्म, दुवागढी पुरस्कृत गरेको छ ।

सामुदायिक वन दिवसको अवसर पारेर विभागले सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोह आयोजना गरेर संस्थापक भरत कुमार बस्नेत लाई पुरस्कृत गरेको हो ।

झापाको दुवागढिमा ६० बिघा जग्गा लिजमा लिएर वन सन्चालन गरिरहेको छ ।
रुखहरुमा पामका विभिन्न प्रजाति, जे जे प्लान्ट, चाइना डल, प्रोटोन, स्वामि, मसला, फिस टेल, खमारी, तेजपात आदी
रहेको छ । सामुदायिक वन दिवस – २०८२ झापाकै निजी वनलाई नेपालकै नं १ निजी वन सम्मान गरिएको हो ।
वन तथा वातावरण मन्त्रालयका माननीय ऐनबहादुर शाही ठकुरीबाट संस्थालाई यो राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
जडिबुटी एग्रोले भारत तथा अन्य मुलुकबाट अवैध रूपमा भित्रिने इन्डोर प्लान्ट रोक्दै, नेपालको माटो र हावापानीमा उत्पादन गरिएका बिरुवालाई बजारसम्म पुर्‍याउँदै आएको छ। यस कदमले देशमै उत्पादन भएको गुणस्तरीय बिरुवाको खपत बढाउनुका साथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको छ।

प्रकाशित : २७ श्रावण २०८२, सोमबार, ,