समाचार

हरिबहादुरको जुत्ता दशैं फूलपातीबाट प्रदर्शनमा आउने…


१० आश्विन २०८२, शुक्रबार, ,



झापा,नेपाली कलाकारिताको क्षेत्रमा झण्डै ३ दशक लामो समय विताएका पुर्वको उर्वर भुमि झापाले उव्जाएका कलाकार,निर्माता तथा गायक सरोज आोलीको लगानीमा निर्माण भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’यहि असोज १३ गते फुलपाती(दशैं)बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ।दर्जनौं म्युजिक भिडियोहरु निर्माण गरेर चर्चा कमाईसकेका सरोजका प्राय जसो म्युजिक भिडियोहरु करोड क्लवमा समावेश भैसकेका छन्।म्युजिक भिडियो,सन्देश मुलक सट मुभी र सरकारी विज्ञापन बनाउनमा मायुर अोली गायन क्षेत्रमा पनि त्यति नै अब्वल मानिन्छन्।लामो समय सम्म कला क्षेत्रमै रमाउँदै आएका सरोज यो पल्ट भने अलिक फरक धारमा आएर चलचित्र निर्माणमा होमिएका छन्।मह जोडिका रुपमा चिनिएका चर्चित पात्र हरि वंश आचार्य सँगको समन्वयमा रहेर चलचित्र क्षेत्रको यात्रा शुरु गरेका सरोजले अबको यात्रालाई अझ मजवुत र दरिलो बनाएर आउँदा दिनहरुमा चलचित्र क्षेत्रमै अघि बढ्ने सोच बनाएको बताएका छन्।
हरिबहादुर मदनबहादुर टेलिसिरयलमा रहेको चर्चित हाँस्य पात्र हरिवहादुर-हरिवंश आचार्य यस चलचित्रमा मुख्य पात्रका रुपमा देखिनेछन् ।कमेडी ड्रामा र देशको समसामयिक राजनैतिक विषय वस्तुमा आधारित हरिबहादुरको जुत्तालाई हरिवंश आचार्य स्वयमले लेख्नु भएको छ ।हरिवंश आचार्य अलवा मुख्य कलाकारहरुमा सोस्तिमा खड्का,प्रकाश सपुत,प्रियंका कार्की,दिव्यदेव पन्त,हरिहर शर्मा,मोहितवंश आचार्य,किरण केसी लगायत नेपालका चर्चित अनुहारहरुलाई चलचित्रको पर्दामा देख्न पाईन्छ भने पुर्वी झापाबाट कलाकार याम खरेल र बालकृष्ण आोलीको भुमिकालाई पनि हरिबहादुरको जुत्तामा हेर्न सकिनेछ।

यस•एम•मोसन पिक्चर्सको व्यानरमा निर्माण गरिएको यस चलचित्रलाई पशुपतिप्रसाद जस्तो सुपर हिट फिलीम निर्देशन गरेर कहलिएका निर्देशक दिपेन्द्र के खनालले यस चलचित्रलाई निर्देशन गरेका छन् भने सरोज आोली र मोहितवंश आचार्यले यस चलचित्रलाई निर्माण गरेका हुन्।काठमाण्डौं,काभ्रेपलान्चोक लगायत देशका आकर्षक ठाउँहरुमा छायंकन गरिएको यस चलचित्रका २ वटा गीतहरु वेला वितेसी र ढका टोपी शिरैमा वोलको गीत चलचित्र प्रदर्शन हुनु अगावै टिकटक र सामाजिक संजालमा भाईरल भैसकेको छ।चलचित्र हास्याद्पक र सामाजिक अनि राजनैतिक मानविय संवेदना बोकेको हुनाले आम दर्शकको मन जित्ने कुरामा विश्वस्त रहेको निर्माता सरोज आोली बताउँछन्।

प्रकाशित : १० आश्विन २०८२, शुक्रबार, ,