
प्रेस स्वतन्त्रताविरोधी प्रावधानसहित सरकारले प्रदेश संसद्मा प्रस्तुत गरेको विधेयक हाल अनुमोदनको संघारमा छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आह्वानमा आज झापासहित १४ वटै जिल्लाको प्रशासन कार्यालयमा पत्रकारहरुले विरोध स्वरुप धर्ना दिएका छन् ।
झापा जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, महासंघकी कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी, महासंघका झापा अध्यक्ष एकराज गिरी लगायतका पत्रकारहरुले विहान ११ देखि १२ बजेसम्म धर्ना दिएका थिए ।












प्रतिक्रिया