अन्तर्राष्ट्रिय

पछिल्ला वर्षमा विषालु सर्पको डसाई बढ्दै

तराईमा पाइने विषालु सर्प पहाडतिर पनि भेटिन थाले


१५ श्रावण २०८२, बुधबार, ,


झापा-सरकारी अधिकारीहरूले पछिल्ला वर्षमा विषालु सर्पको डसाई बढ्दै गएको बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीडितको सङ्ख्या वर्ष नै थपिँदै गएको जनाएको हो ।

महाशाखाका प्रमुख डाक्टर चन्द्र झाले तीन वर्षअघिसम्म १० प्रतिशतसम्म मात्रै विषालु सर्पले डसेको बिरामी आउने गरेकामा अहिले त्यो बढेर १८ प्रतिशतसम्म पुगेको बताए ।

पछिल्ला वर्षमा तराईमा पाइने विषालु सर्प पहाडतिर पनि भेटिन थालेका छन् । जलवायुमा भइरहेको परिवर्तनका कारण विषालु सर्प पहाडमा भेटिन थालेको सर्पदंश विशेषज्ञ डाक्टर सञ्जीवकुमार शर्माले बताए ।

डाक्टर शर्माका अनुसार ग्रामीण क्षेत्रमा सर्पको जोखिम अत्याधिक छ । प्रभावकारी उपचार सुविधा नहुँदा कतिपयले ज्यान गुमाइरहेका छन् । सबै जिल्लामा सर्पदंशको उपचार सुविधा उपलब्ध छैन ।

विज्ञानका अनुसार नेपालमा ९० प्रजातिका सर्प पाइन्छन् । तीमध्ये १७ प्रजातिका सर्प धेरै विषालु छन् । तर, सर्पले आफूलाई खतरा महसुस गरेपछि डस्ने गरेको विज्ञहरूको भनाइ छ ।

सरकारी निकाय अनुसार झापासहित पूर्वी तराईका २६ जिल्लामा सर्पदंशको बढी जोखिम छ । चारवटा जिल्ला भित्री मधेश र पहाडका पनि पर्छन् ।

नेपालमा करेत, कोब्रा र बागेसर्प बढी विषालु मानिन्छन् । बिक्री भनेर चिनिने यी सर्पको डसाइले गम्भीर स्वास्थ्य समस्या सिर्जना हुन्छ । उस्तै अवस्थामा मानिसको मृत्युसमेत हुने खतरा रहेको विज्ञहरू बताउँछन् ।

प्रकाशित : १५ श्रावण २०८२, बुधबार, ,