इलाम – सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेका अनुसार, इलाम नगरपालिका(९ र ११ लाई जोड्ने यो पुल ४८।६ मिटर लामो छ । पुल नहुँदा विशेषगरी वर्षायाममा यो सडक पूर्ण रूपमा बन्द हुने र यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।
इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले भने, ‘पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो । बेलिब्रिज निर्माणले बाह्रै महिना सवारी आवागमनमा सहज हुने भएको छ।’
गत वर्ष पहिरोले मेची राजमार्ग दुई साता बन्द हुँदा वैकल्पिक बाटो नहुँदा यात्रुहरूले ठूलो सास्ती खेपेका थिए । तर, अब यो बेलिब्रिज बनेपछि मेची राजमार्गको गोलाखर्क खण्डबाट केचना(कञ्चनजङ्गा सडक प्रयोग गर्दा ४७ किलोमिटरमै बिर्तामोड पुग्न सकिन्छ ।












प्रतिक्रिया