साहित्यकार थापाको १० वटा कृतिमाथि एउटै मंचमा परिचर्चा

बिर्तामोड,   वरिष्ठ साहित्यकार दिलबहादुर थापाको विभिन्न १० वटा कृतिहरुमाथि एउटै मंचमा परिचर्चा गरिएको छ । दिलबहादुर थापा परिवारको आयोजना तथा झापाली साहित्य समाजको संयोजनमा महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्ताबजारको सभाहलमा भएको कार्यक्रममा थापाले प्रकाशित गरेका कृतिहरुमाथि परिचर्चा गरिएको हो । बिर्तामोड ३ निवासी थापाले प्रकाशित गरेका कृतिहरुमा गीत , मोबाइल, मानवेत्तर(पशुपंक्षी ), सन्तान सुधार्ने सुत्रहरु…