दमक- झापाको दमकमा हात्तीको आक्रमणबाट दुई जना महिला घाइते भएका छन् । आइतबार बिहान मर्निङ वाकमा निस्किएका दुई महिलालाई हात्तीले आक्रमण गरेको हो ।
हात्तीको आक्रमणबाट दमक-१ की सुनिता राई र कविता राई घाइते भएका छन् । दमकको बरगाछी भित्री सडक खण्डमा उनीहरुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












प्रतिक्रिया